नियम ६८
सामूहिक माग दाबी पेश गर्ने तरिका
: (१) नियम ६७ बमोजिमको समूहगत सामूहिक सौदाबाजी समितिले माग दाबी पेश गर्दा सम्बन्धित उद्योग समूहको रोजगारदाता संघ समक्ष लिखित रूपमा मागदाबी पेश गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम सामूहिक मागदाबी प्राप्त भएमा रोजगारदाता संघले सो मागदाबी  बुझिलिई सोको निस्सा सम्बन्धित समूहगत सामूहिक सौदाबाजी समितिलार्इ दिनु पर्नेछ ।